मेलवर्न, ११ जेठ । उच्च शिक्षासँगै रोजगारीका शिलशिलामा धेरै नेपाली अष्ट्रेलिया पुगेका छन् । अष्ट्रेलिया धेरै नेपाली युवायुवतीको सपनाको देश हो । अहिले अष्ट्रेलियामा शहरी क्षेत्रमा जनसंख्याको चाप बढ्दै गएपछि आप्रवासीहरुलाई रिजनल क्षेत्रमा आकर्षित गर्ने नयाँ रणनीति तयार पारेको छ ।

जसअन्तर्गत रोजगारीका प्रशस्तै अवसर र ३ वर्षमै स्थायी बसोबास अनुमति पत्र पीआर प्राप्त गर्न सकिनेछ । सहरी विकास तथा जनसंख्या मन्त्री एलन टजले २३ हजार आप्रवासीलाई रिजनल स्थानमा पीआर दिन सकिने बताएका छन् ।

मेलवर्न सिड्नीलगायत मुख्य शहरमा काम पाउन मुश्किल रहेका बेला त्यस क्षेत्रमा ६० हजार भन्दा बढीलाई रोजगारीको अवसर पनि सुरक्षित रहेको मन्त्री टजको भनाई छ ।