३१ साउन, एजेन्सी । दिल्लीको आनन्द बिहार रेलवे स्टेशनमा एक प्रहरी जवानले आत्महत्या गरेका छन् । प्रहरी जवानले आफ्नो भएको बन्दुकले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् । अहिलेसम्म आत्महत्याको कारण पत्ता लगाएको छ ।

२०१६ मा प्रहरीमा भर्ति भएका नरेश पवार दिल्ली बस्दै आएका छन् । मृतकका दुई बच्चा हुन् । शुक्रबार बिहान ८ः३० बजे उनको शव रेलवे स्टेशनमा भेटिएको हो । मृतकको शव बसेको अवस्थामा मिलेको थियो । शवको साथबाट प्रहरीले ९ एमएमको पेस्तोल पनि बरामद गरेको थियो ।