२६ भदौ, एजेन्सी । भारतीय चलचित्रकी अभिनेत्री आलिया भट्टको जिमखानाको एक तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा उनी डेडलिफ्टिङ गरेको देखिएको छ । भिडियोमा आलियाले ७० किलो तौल उठाएकी छन्, जुन उनको आफ्नो तौलभन्दा पनि बढी हो ।

आलियाको यो वर्कआउटको भिडियो उनको जिम सोहफिटको सोहराब खुश्रुशाहीले जिमको इंस्टाग्राम एकाउन्टमा राखेका छन् । इंस्टाग्राममा लेखिएको क्याप्समा आलियाको गरेको प्रगतिको बयान गरिएको छ । साथै आलियाको अगाडि जस्तोसुकै चुनौति दिएपनि पछि नहट्ने इंस्टाग्रामको क्याप्सनमा लेखिएको छ ।

आलिया भट्ट अहिले पिता महेश भट्टको कमब्याक फिल्म सडक–२ को सुटिङ गरिरहेकी छन् । फिल्ममा उनको साथमा आदित्य रोय कपूर, संजय दत्त, पूजा भट्टको पनि अभिनय रहनेछ । सडक–२ का साथै उनी ब्रह्मास्त्र, इंशाल्लाह जस्ता फिल्महरुमा पनि देखिदैछिन् ।