“अब फेसन र सहजपना दुबै!!”

ती महिलाहरू जसले हाइ हिल जुत्ता लगाउँछन्, उनीहरूलाई मात्र थाहा होला कि खुट्टामा हुने पीडाको व्यथा! असाधारण कोणमा खुट्टालाई राखेर हिँड्दा त्यो कसिलो जुत्ताले उठाउने ठेलालाई हेर्दा र त्यो आकर्षक जुत्तालाई हेर्दाको कुरा फृरक हुन।

new high heels designतर अब त्यो परिवर्तन हुने सिलसिलामा छ। अब खगोलबिद, इन्जिनियर, फेसन डिजाइनर र अर्थोपेडिस्ट मिलेर एउटा यस्तो जुत्ताको डिजाइन गरेका छन् जसले गर्दा महिलाहरूलाई फेसन र सहजपनामा दुवैको समस्या समाधान हुनेछ। नयाँ सामाग्री र इन्जिनियर सिपको प्रयोग गरेर उनीहरूले जुत्ता लगाउँदा अब खुट्टाको सबै भागमा बराबर चाप पुग्ने गरी र कम दुखाई हुने गरी उक्त जुत्ताको डिजाइन गरेका हुन्।

स्पेस एक्स कम्पनीका पूर्व कार्यकारी अध्यक्ष ‘डलि सिङ्ग’ले भने- “उनीहरूलाई हाइ हिलको डिजाइन गर्न भन्नु त्यती उपयुक्त होइन। मैले यो कुरालाई कुनै गम्भीर इन्जिनियरङ्ग शीर्षक बनाएर उनीहरूसँग पेश गरेको थिएँ।”

high heel design labसिङ्ग भन्छन् कि- “हाइ हिल लगाउँदा साधारण चप्पल लगाउँदा जस्तो सहज त पक्कै हुँदैन तै पनि त्यो असहजलाई कम गर्न सकिन्छ भन्ने मेरो विश्वास छ।”

उक्त डिजाइनमा एक प्लास्टिकको संरचना रहेको छ जसले जुत्ताको मेरुदण्डको रूपमा काम गर्दछ। उक्त मेरुदण्ड प्लास्टिकको भएको हुनाले धेरै जसो बललाई उक्त संरचनाले नै कब्जा गर्दछ र हिँड्नलाई पहिलेको भन्दा ५० प्रतिशत सहज गराउँदछ।

उक्त मेरुदण्डलाई सहज र हलुङ्गो फोमले टालिएको छ जसलाई थर्मोप्लास्टिक पोलियुरिथिन भनिन्छ।
उक्त हिलको उचाई ३ इन्च राखिएको छ । यो प्रविधिले बनाइएको जुत्ता करिब २ महिनाभित्र सार्वजनिक हुन्छ भन्ने सलि सिङ्गको मान्यता रहेको छ। सुरुमा यसको मूल्य ९२५ अमेरिकी डलर राखिएको छ भने पछि गएर यसलाई ३०० अमेरिकी डलरमा नै बेच्ने र यो डिजाइन अरू ब्राण्डलाई दिने उनीहरूको योजना रहेको छ। उनले भने,”अबको पाँच वर्षपछि, यो पृथ्वीमा हरेकले लगाउने हिल हाम्रै डिजाइन बनेको हेर्न चाहन्छु।”

यो पनि हेर्नुहोस्-
अब मानिसपनि ध्वनिको गतिमा यात्रा गर्न मिल्ने- स्पेस एक्सको योजना