एजेन्सी । इन्स्टाग्राम मोडल रोजाना एर्कलले सामाजिक सन्जालमा फोटोहरु शेयर गरेर मात्रै ३ लाख डलर भन्दा बढि कमाउछिन् । न्युजिल्याण्डमा जन्मे हुर्केकी रोजाना ८ वर्षअघि अष्ट्रेलीयामा बसाइसरिन् । उनले द गोल्ड कस्ट नामक वेभसाइटमा सामाजिक सन्जालमा तस्विरहरु सार्वजनिक गरि पैसा कमाउने गोप्य तरिका शेयर गरेकी छिन् ।

-उनकाअनुसार जति धेरै आफ्ना फलोअर्ससंग अन्र्तक्रिया गर्न सक्यो त्यति नै बढि आम्दानी गर्ने मौका बढ्दै जान्छ । त्यसैले फोटो क्याप्सन सहित फलोअर्सलाई प्रश्न पनि गर्नुपर्छ । ताकि अन्र्तक्रिया बढोस् ।

– आफुसंगै एउटा डिजिटल क्यामेरा पनि हुनुपर्छ । त्योसंगै वाइफाई कनेक्शनको सुविधा पनि हुनुपर्छ । त्यसले आफ्ना फलोअर्ससंग भेट गर्न सजिलो गराउदछ ।

-सहि समयमा आफ्ना तस्विर अपलोड गर्नु पनि उत्तिकै महत्वपुर्ण छ । उनका अनुसार साझ ६ वजेदेखि राति ९ बजे तथा विहानको समयमा फोटो शेयर गर्नाले बढि रिच हुन्छ र पैसा कमाउन सकिन्छ ।

इन्स्टाग्रामबाट कसरी कमाई हुन्छ ?

कैयौ कम्पनीका मोडलको लागी आफ्नो उत्पादन बढाउन तथा प्रचार गर्न इन्स्टालाई शुल्क तिर्ने गर्दछन् । जसमा तिनै मोडेलले आफ्नो उत्पादन प्रयोग गरिरहेको देखाउछ । जसको धेरै फलोअर्स हुन्छन्, उसले त्यति नै आम्दानी गर्छ ।