१९ मंसिर, जाकर्ता ।

इन्डोनेसियामा शनिबार हराएको विमान दुर्घटनग्रस्त अवस्थामा आईतबार भेटिएको छ ।

शनिबार १६ जना प्रहरीलाई लिएर उठेको विमान पश्चिमी इन्डोनेसियाको बताम आईसल्याण्डबाट विमानस्थलसँग सम्पर्क विहिन भएको थियो ।

इन्डोनेसियाको राष्ट्रिय खोजी र उद्धार कार्यालयका प्रवक्ता मर्सुदीले घटनास्थलमा केही व्यक्तिका शव र क्षतविक्षत अवस्थाको विमान भेटिएको जानकारी दिनुभएको छ ।

“विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ, केही उद्धारकर्मीहरुले तीन जनाको छतविक्षत शव जोडेर आफन्तलाई बुझाईदैछ, विमानको केही भाग पनि ल्याइएको छ,” प्रवक्ता मर्सुदीले भन्नुभयो ।

झण्डै तीन सय सिपाही, प्रहरी र स्थानीय बासिन्दाले सम्पर्कविहिन भएको सो विमानको खोजी कार्यमा व्यस्त रहेका थिए । रासस÷सिन्ह्वा