२१ भदौ, इलाम । इलाम जिल्लामा कार्यरत अस्थायी र स्थायी एक सय बीस शिक्षक जरिवानामा परेका छन । समयमानै सम्पत्ति बिवरण नबुझाएको भन्दै इलामका १ सय २० शिक्षकलाई प्रतिव्याक्ति ५ हजारको दरले जरीवाना सहित बिबरण बुझाउन शिक्षा विकास तथा समन्वय इकाई इलामले निर्देशन दिएको छ ।

समन्वय इकाई इलामका अनुसार प्रत्येक आर्थिक वर्ष शुरु भएपछि ४५ दिनभित्र सबै शिक्षक तथा कर्मचारीहरुले सम्पति बिबरण भरेर कर्मचारीहरुले सम्बन्धित स्थानीय निकाय र शिक्षक कितावखानामा पठाउनुपर्ने हुन्छ । तर, कर्मचारीको विवरण सम्बन्धित ठाउँमा नपुगेको जानकारी पाएपछि इलामले बिबरण नपठाउने शिक्षकहरुको नामावली अख्तियार दुरुपयोग अनुसंधान आयोगबाट प्राप्त भएको बिबरण सहित स्थानिय तहमा परिपत्र गरेको हो । शिक्षकहरुको सबै बिबरण रहने शिक्षक कितावखानाले बिबरण संकलन गरेर अख्तियारमा पठाउने गर्दछ तर शिक्षकहरुले पठाएको बताउँदै कितावखानाको लापरबाहीको कारण शिक्षकहरु जरिवाना तिर्न बाध्य भएको बताएका छन् ।

शिक्षकरुले आफ्नो ब्याक्तिगत बिबरण नियुक्ती भएको ९० दिन भित्र कितावखानामा बुझाएर संकेत नं लिने र बिचमा हुने सरुवा बढुवाको सबै बिबरणहरु सरुवा बढुवा गने निकायले नै कितावखानामा पठाउने र कितावखानाले बिबरण अध्याबधिक गर्नुपर्नेे हुन्छ । अध्यावधिक गर्ने सम्बन्धमा कितावखानाले केही शिक्षकहरुको गलत ठेगाना लेखिएको छ भने कतिपय बर्षे अधि सेवानिबित्त भइसकेका शिक्षकहरुको लागि समेत सुचना गरिएको शिक्षकको आपत्ति छ ।

गत बर्ष बिबरण नपुगेका शिक्षकहरुले रु ५ हजार जरिवाना सो को भौचर सहित पुन बिबरण पठाउन पुन संपत्ति बिबरण भरेर पठाउन अख्तियार दुरुपयोग अनुसंधान आयोगबाट शिक्षा बिज्ञान तथा प्रबित्रि मन्त्रालय कर्मचारी प्रसासन तथा सुसासन प्रर्बधन शाखामा मा बिबरण आएकोले जानकारी शिक्षा बिकास तथा समन्वय इकाइ इलामबाट स्थानिय निकायहरुलाई जानकारी गराइएको थियो । यस बर्षपनि बिबरण पठाइएका शिक्षकहरुलाइ एस एम एस मार्फत जानकारी दिने सुचना गरिएपनि हालसम्म जानकारी नआएकोले शिक्षकहरुको भनाइ रहेको छ ।