१४ साउन, जिआन (चीन) । उत्तरपश्चिमी चीनको शाआनसी प्रान्तमा आएको बाढी पहिरोमा परी दश व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार जानकारी दिएका छन् ।

बाढी पहिरोको कारण ७१ हजार ३०० व्यक्तिलाई बलपूर्वक सुरक्षित स्थानमा विस्थापित गरिएको छ । यस प्रकोपको कारण विद्युतीय र टेलिफोनका सेवासमेत अवरुद्ध भएको बताइएको छ ।

प्रान्तीय सरकारले बाढी पहिरोविरुद्ध लड्न पाँच करोड युआनका आवश्यता रहेको ठहर गरेको छ । रासस/सिन्ह्वा