४ असार, एजेन्सी।

उत्तर कोरियाका शासक किम जोङ उनको मृत्युको हल्ला फैलिएको छ। प्योङयाङमा एक महिलाले आत्मघाती बम बिस्फोट गराउँदा किमको मृत्यु भएको हल्ला फैलिएको हो। हल्लासंगै दक्षिण कोरियाको सेयर बजार बढेको छ।kim jong un waving

घटनाको पर्याप्त पुष्टी नभएकाले यसलाई हल्लाकै रुपमा लिइएको छ। उत्तर कोरियाका सरकार नियन्त्रित मिडियाले यसबारे केही जानकारी दिएको भनिए पनि प्योङयाङमा अन्तरराष्ट्रिय पत्रकारको कमीका कारण घटनाको सत्य तथ्य बाहिर आएको छैन।

इस्टएसियाट्रिब्युन साइटले उत्तर कोरियाको मिडियाको हवाला दिदैँ बिहिबार केही जानकारी प्राप्त भएको बताएको थियो।

सो वेबसाइटको अनुसार स्थानिय समय अनुसार दिउँसो २ बजे प्योङयाङको पोटोङग्याङ जिल्लामा घटना भएको बताइएको छ। पोटोङ नदिको किनारामा एक कार्यक्रममा उपस्थित किमतर्फ सुरक्षा घेरा तोड्दै एक महिला दगुरेकी र किमका सुरक्षागार्डले प्रतिकार गर्नुपूर्वनै ती महिलाले आत्मघाती बम बिस्फोट गराएकी बताइएको हो।

घाइते भएका किमलाई नजिकैको अस्पताल लगेपछि मृत घोषित गरिएको वेबसाइटले जनाएको छ।

अप्रिलमा पनि चलेको थियो किमको मृत्युको हल्ला

यहि वर्षको अप्रिल महिनामा पनि किमको मृत्युको हल्ला चलेको थियो।

सो बखत किमको मृत्युको यस्तो खबर एउटा ‘फेक ट्वीटर एकाउन्ट’बाट फैलिएको थियो। दक्षिण कोरियाका रक्षा मन्त्री हान मीन गोको नाममा बनाइएको सो नक्कली ट्वीटर एकाउन्ट हल्ला पश्चात ट्वीटरले बन्द गरिदियो।

उत्तर कोरियाको एक आधिकारि बेवसाइटले एक प्रोपोगान्डा भिडियो सार्वजनिक गरेकै समयमा सो हल्ला फैलाइएको हो। सो भिडियोमा दक्षिण कोरियाको सिओल स्थित सरकारी कार्यलय तथा अधिकारिहरु बस्ने घर ‘ब्लु हाउस’ र अन्य सरकारी भवनहरुमा रकेट आक्रमण गरिएको देखाइएको थियो।

यो पनि पढ्नुस्।
कोरियाली शासक किम जोङ उनको हत्या हुने दाबी