४ असार, एजेन्सी।

रिलिज को दुई दिन अगावै लिक भएको बलिउड चलचित्र ‘उड्ता पन्जाब’ले रिलिजको पहिलो दिन राम्रो कमाइ गरेको छ। शुक्रबार रिलिज भएको उड्ता पन्जाबले पहिलो दिन बलिउड बक्स अफिसमा १० करोड भारुको व्यापार गरेको हो।

udta panjab 455018

उड्ता पन्जाबका कालाकार, शाहिद कपुर, आलिया भट्ट र निर्माता एकता कपुर

यो संगै उड्ता पन्जाब यो वर्ष पहिलो दिन सबैभन्दा बढी कमाइ गर्ने पाचौँ फिल्म बनेको छ। फिल्म ‘फ्यान’ ले १९.२ करोड भारु, ‘हाउसफुल ३’ ले १५.२ करोड भारु, ‘एयरलिफ्ट’ ले १२.३५ करोड भारु र ‘बागी’ ११.९४ करोड भारु पहिलो दिनमा कमाएका थिए।

कन्ट्रोभर्सीको १० दिन एक वर्ष बराबरudta panjab 35066218यसै दौरान प्रतिक्रिया बुझ्न दर्शकमाझ पुगेका उडंता पन्जाबमा नायिक शाहिद कपूरले फिल्म कन्ट्रोभर्सीको १० दिन एक वर्ष बराबर भएको बताएका छन् ।

रिलिज अगावै फिल्मका अनकट भर्सन सहित पुरै फिल्म इन्टरनेटमा लिक भएपछि ठुलै मुद्धा खडा भएको थियो। साथै सेन्सर बोर्डले फिल्मको नामबाट पन्जाब शब्द हटाउनु पर्ने देखि फिल्मका कयौं सिट काट्ने भनेपछि फिल्म युनिट अदालत सम्म पुगेका थिए। अदालतले सेन्सर बोर्डलाई फिल्मको सिट काट्न नपाउने भन्दै फिल्म रिलिज गर्न अनुमति दिएको थियो। त्यसपश्चात इन्टरनेटमा फिल्म लिक भएपछि सेन्सर बोर्डले नै लिक गरेको आरोप समेत लगाइएको थियो।