१८ असोज, काठमाडौं । धनुषामा उपचारका क्रममा ४ वर्षीय बालकाको मृत्यु भएपछि जनकपुर बाल अस्पतालमा तनाव भएको छ ।

अहिले मृतकका आफ्न्तले डाक्टर र अस्पतालको लापरवाहीका कारण बालकको मृत्यु भएको आरोप लगाउँदै अस्पताल परिसरमा नारावाजी गरिरहेका छन् ।

उपचारका क्रममा महोत्तरी सिसवा कटैया नगरपालिका वडा नं. २ का ४ प्रिन्स साह को छातिको शल्यक्रिया गरेको ४ दिनपछि मृत्यु भएपछि उनीहरु आन्दोलीत भएका हुन् ।

चिकित्सकले छातीमा पानी जमेको र शल्यक्रिया गर्नुपर्ने बताएपछि बालकको चार दिन अघि बालको छातिको शल्यक्रिया गरिएको थियो ।