१३ असार, काठमाडौं । नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको विद्यार्थी संगठनको आव्हानमा आज काठमाडौं उपत्यकाका निजी विद्यालय बन्द गरिएको छ ।

हिजो जानकारी नभएपछि विद्यालयहरु आज विहानै आफ्ना नानीबाबुलाई विद्यालय नपठाउन फोनमा खबर गरेका थिए ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले मनोमानी शुल्क वृद्धि खारेजीको माग गर्दै निजी विद्यालय बन्दको आव्हान गरेको हो ।

बन्दका कारण प्रायः सबै विद्यालय आज बन्द छन् । गत बैशाख १५ गते भएको वार्तामा शुल्क वृद्धि खारेज गर्ने, अशुल गरिएको शुल्क १५ दिन भित्र अभिभावकलाई फिर्ता गराउने, शिक्षा क्षेत्रका विकृती–विसङ्गती नियन्त्रण गर्न अनुगमन गर्ने सहमति भएपनि कार्यान्वयन नभएको भन्दै बन्द आव्हान गरिएको संगठनले जनाएको छ ।