काठमाडौं, चैत ७

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि र शरणार्थी सम्बन्धी राष्ट्र संघीय उच्च आयोगको कार्यालयका नेपाल प्रतिनिधि केभिन जे आलेनबीच भेटबार्ता भएको छ ।

गृहमन्त्रालयमा दिउँसो भएको भेटमा भुटानी शरणार्थी समस्याको दीर्घकालीन रुपमा हल गर्ने बिषयमा छलफल भएको छ ।

पूर्बी नेपालका शरणार्थी शिबिरमा बसेका शरणार्थीले पाउँदै आएको राहत पछिल्लो समय कटौती भएको र राहत आपूर्ति गराउनेबारे गृहमन्त्री निधि र यूएनएचसीआरका नेपाल प्रतिनिधि आलेनबीच कुराकानी भएको थियो ।

भुटानी शरणार्थीको अमेरिकामा पुनर्बासको व्यबस्था हुँदै आएकोमा अमेरिका जाने तयारीमा रहेका शरणार्थीहरु पछिल्लो समय अमेरिकी राष्ट्रपतिको निर्बाचनपछि त्याँहाको सरकारको नीतिका कारण रोकिएको बिषयमा पनि छलफल भएको थियो ।

गृहमन्त्री निधि र यूएनएचसीआरका नेपाल प्रतिनिधि आलेनबीच आपसी सहयोग आदानप्रदानका बिषयमा पनि छलफल भएको निधिका प्रेस सल्लाहकार रामजि दाहालले जानकारी दिए ।