७ चैत, काठमाडौँ।
नेकपा (एमाले)ले मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत बाँकी प्रदेश नं २ का जिल्लामा पनि सभा गर्ने भएको छ ।

पार्टीको केन्द्रीय सचिवालयको आज बसेको बैठकले सम्बन्धित प्रदेश कमिटीसँग समन्वय गरी कार्यक्रम तय गर्ने निर्णय भएको एमालेका सचिव एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिए।

एमालेले सिरहा, धनुषा, रौतहटलगायत मध्यतराईका जिल्लामा संविधान कार्यान्वयन, निर्वाचन राष्ट्रिय एकता र सद्भावको नारासहितको सो अभियान सञ्चालन गर्ने भएको हो । गत फागुन २१ गते झापाबाट सुरु भएको सो पार्टीको अभियान फागुन २३ गते सप्तरीको राजविराज पुग्दा हिंसात्मक घटना भएपछि मध्यतराईका जिल्लाका कार्यक्रम स्थगन भएका थिए । अभियान यही चैत ५ गते कञ्चनपुरमा समापन भएको थियो । रासस