२५ कात्तिक, काठमाडौं ।

नेपाली बजारमा एकै दिनमा ठूलो परिमाणमा सुनको भाउमा ह्रास आएको छ । अमेरिकी चुनावको प्रभवका कारण नेपाली बजारमा सुनको मूल्य प्रभावित भएको विश्लेषकहरुले बताएका छन् ।

कुखुरा खाएको भन्दै सर्प मारियो तर भित्र यस्तोः गाउँले साह्रै पछुताए (तस्विर सहित)

विहीबार नेपाली सुन बजारमा प्रतितोला १४ सयका दरले सुनको मूल्यमा ह्रास आएको हो ।

GOLD-ORNAMENTS

अमेरिकाको राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पले जितेपछि बुधबार १ हजार ३ सयले बढेको सुनको मूल्य बिहीबार फेरि १  हजार ४ सय रुपैयाँले घटेको हो ।

नेपाली बजारमा छापावाल सुन तोलाको ५६ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

डलर कमजोर हुनासाथ बुधबार सुन ५६ हजार ९ सय रुपैयाँबाट बढेर ५८ हजार २ सय रुपैयाँ पुगेको थियो। चाँदी पनि तोला १० रुपैयाँ घटेर ८ सय ४५ बाट घटेर ८ सय ३५ रुपैयाँमा झरेको छ ।

अन्धी महिलाको अमेरिका सम्बन्धि भविष्यवाणीले हंगामा