२९ भदौ, एजेन्सी।

चलचित्र ‘सुल्तान’बाट बलिउड बक्सअफिसमा आँधी ल्याएका बलिउडका सुपरस्टार सलमान खानको चलचित्र ‘टाइजर जिन्दा है’ बन्ने पक्का पक्की भएको छ।salman katrina kiss 18182514

‘टाइगर जिन्दा हे’ उनकै सफल चलचित्र ‘एक था टाइगर’को सिक्वेल हो। यशराज ब्यानरमा बन्न लागेको यो चलचित्रमा सलमान खानसंग उनकै पूर्व प्रेमिक क्याट्रिन कैफ हुनेछिन्।tiger zinda hai 172116114

यसअघी ‘एक था टाइगर’को सिक्वेल बन्ने नबन्ने निधो भएको थिएन। निर्माण कम्पनी यशराजले ‘टाइगर जिन्दा हे’को फर्स्ट लुक नै सामाजिक सञ्जालमा राखेपछि चलचित्र बन्ने पुष्टी भएको हो।

यो पढ्नुस्: कपिल शर्माको घरमा पुलिस प्रवेश !

‘एक था टाइगर’का निर्देशक कबिर खानले भने यसलाई निर्देशन गर्ने छैनन्। सुल्तान निर्देशन गरेर वाहवाही पाएका अलि अब्बास जाफरले यसलाई निर्देशन भएका छन्। चलचित्र ‘टाइगर जिन्दा हे’लाई सन २०१७ को क्रिसमसमा सार्वजनिक गरिने छ।