६ भदौ, एजेन्सी । बाहुबली स्टार प्रभास कपिल शर्मा शो पुगेका छन् । उनी आफ्नो फिल्म ‘साहो’को प्रोमोशनको लागि कपिल शर्मा शो मा पुगेका हुन् ।

कपिल शर्मा शोमा गएका प्रभासलाई होस्ट कपिल शर्माले एक दिनको लागि प्रधानमन्त्री बनेमा के गर्नुहुन्छ भन्दै प्रश्न सोधेका थिए । प्रश्नको जवाफ प्रभासले एकदमै दमदार जवाफ फर्काएका छन् । उनले आफूले फिल्म इन्डस्ट्रीबाट अन्तर्वार्ता हटाउँछु भन्ने जवाफ दिए, जसले कपिलको शो हाँसोले गुञ्जायमान भएको थियो ।

३० अगस्टमा प्रदर्शन हुने फिल्ममा नायिका श्रद्धा कपूर र नील नितिन मुकेशको मुख्य भूमिका छ । ‘साहो’ एक एक्सन फिल्म हो । फिल्ममा २ हजार करोड रुपैयाँ चोरी भएको देखाइएको त्यहि पैसा पाउन पात्रहरुले गरेको संघर्षलाई देखाइएको छ ।