२८ असोज, काठमाडौं ।

गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ को आठौं विश्व सम्मेलन आजबाट काठमाडौंमा शुरु हुँदैछ । सम्मेलनको आज एक कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यक्रम छ ।

महाधिवेशनले आगामी दुई बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । एनआरएनएको आगामी नेतृत्वका लागि अध्यक्षमा भवन भट्ट, जमुना गुरुङ र टीबी कार्कीले उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनएको उपाध्यक्षका लागि अहिलेसम्म कुमार पन्त, खगेन्द्र जीसी, सोनाम लामा, चिरञ्जीवी थापाले उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै महिला उपाध्यक्षमा रञ्जु वाग्ले र सपिला राजभण्डारीले उम्मेदवारी दिने तयारी गरेका छन् ।

महासचिवमा भने त्रिलोक गुरुङ र बद्री केसीबीच प्रतिस्पर्धा हुने भएको छ ।