७ चैत, काठमााडौ ।
प्रधामन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा एमाओवादीबाट सरकारका सहभागी उपप्रधान एवं उर्जा मन्त्री टोपबहादुर रायमाझी र आपूर्ति मन्त्री गणेशमान पुन हटाइएका छन् ।

ganesh-maan-pun-arpurti-mantri top bahadur energy minister

चीनसंग हुने इन्धन आपूर्ति र विद्युतीय लगानी भित्र्याउने एजेण्डा रातारात गायब भएपछि सुरुमा भ्रमण टोलीमा नाम रहेकोमा मन्त्रीद्धय रायमाझी र पुन अन्तिम समयमा आएर लिस्टबाट हटाइएका थिए ।

भारतीय मिसन सफलः चीनसँग इन्धन सम्झौता नहुने निश्चित

प्रधानमन्त्री ओलीले पोखरामा भारतीय विदेश मन्त्री सुष्मा स्वराज र भारतीय विदेश सचिव एस जयशकंरसंग भेट गरेपछि इन्धन आपूर्ति र विद्युतीय लगानी भित्र्याउने एजेण्डा हराएको थियो । इन्धन सम्झौता नहुने भएपछि एमाओवादीको तर्फबाट भ्रमणको एजेण्डासंग सरोकार नराख्न्ने शिक्षा मन्त्री गिरिराजमणि पोखरेले भ्रमण टोलीमा परेका छन् ।

इन्धन सम्झौता नभईकन विश्वास गर्न नसकिने भन्दै सत्तासझेदार दलबाटै अविश्वास व्यक्त गरिएको छ । भारत भ्रमणलाई ठूलो शंका र आशंको विषययले नहेरिएपनि चीन भ्रमणको क्रममा सम्झौता नहुने हो कि भन्ने चिन्ता सर्वत्र छाएको छ ।

एमाओवादी अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि इन्धन सम्झौता हुनेमा ठूलो आशंका व्यक्त गरेका छन् । रातारात चीन भ्रमणको एजेण्डा हटाएपछि उक्त विषयमा गम्भीर निर्णय लिन एमाओवादीले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय समितिको बैठक बोलाएको छ।