८ भदौ, काठमाडौं ।

कैलालीको टीकापुरमा आन्दोलनकारी थरुहट पक्षधर र प्रहरीबीच झडप हुँदा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक वालकको मृत्यु भएपछि उत्पन्न अवस्थाबारे समीक्षा गर्न बसेको एकीकृत माओवादी बैठकले घटनाको राजनीतिक समाधान खोज्नु पर्ने निष्कर्ष निकालेको छ ।

एमाओवादीले हाल प्रदर्शन र तनाव भैरहेका क्षेत्रमा सेना परिचालन गर्न नहुने र राजनीतिक समाधान खोज्नु पर्ने निष्कर्ष निकालेको जानकारी नेता बाबुराम भट्टराईले दिएका छन् ।

lajimpat

हिँजो मात्र कैलालीमा भयानक घटना भएपछि सुरक्षा समितिले कैलाली लगायतका क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गर्दै सेना परिचालन गर्ने निर्णय सहित प्रमुख जिल्ला अधिकारीलाई सेना परिचालनको अधिकार दिएको थियो ।

एमाओवादीले संविधान समयमा जारी गर्न नदिने विभिन्न षडयन्त्र भैरहेको भन्दै त्यस्ता षडयन्त्रलाई परास्त गर्दै समसमै संविधान जारी गर्नु पर्ने बताएको छ ।

एमाओवादीले थारू, मधेसी, मगर लगायतका समुदायका माग सम्वोधन गर्दै संविधान जारी गर्नु पर्ने पनि निष्कर्ष निकालेको छ ।

यो पनि हेर्नुस्

नेताहरुलाई चेतावनी दिँदै बाबुराम भट्टराईको स्ट्याटसः नक्शा सहित थरुहट प्रदेश प्रस्ताव