८ भदौ, काठमाडौं ।

कैलालीको टीकापुरमा आन्दोलनकारी थरुहट पक्षधर र प्रहरीबीच झडप हुँदा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक वालकको मृत्यु भएपछि पनि तनाव सेलाएको छैन । कैलाली लगायतका क्षेत्रमा सुरक्षा समितिले सेना परिचालन गर्ने निर्णय गर्दै प्रमुख जिल्ला अधिकारीलाई सेना परिचालनको अधिकार दिएको छ ।

सेना परिचालन पछि फौजी समाधान खोज्न नहुने भन्दै ट्वीट गरेका एमाओवादी नेता एवं संविधानसभाको राजनीतिक संवाद तथा सहमति समितका सभापति डा बाबुराम भट्टराईले थरुहटको नक्शा र जनसंख्यासहित नयाँ स्ट्याटस सार्वजनिक गरेका छन् ।

Baburam Bhattarai Briefs Media

उनले कैलालीमा भएको थरुहट आन्दोलनमा सुरक्षाकर्मीसहित नावालकको निधन हुनु अन्त्यत दुःखद भन्दै बाबुराम भट्टराईले ‘यस्तो संवेदनशील विषय र क्षणमा सबै नागरिक, राजनीतिक दल र विशेषतः निर्णायक ठाउँमा रहेको राजनीतिक नेतृत्वले अत्यन्त संयमित र सुझवुझपूर्ण ढंगले आफ्ना अभिब्यक्ति दिने र आवश्यक समाधान खोज्ने कोशिश गर्नुपर्छ’ भनेका छन् ।

अव ‘विवेक र धैर्य नगुमाइकन समस्याको समाधान खोज्नुपर्छ’! भन्दै बाबुरामले कांग्रेस, एमाले, एमाओवादी, मधेसवादी सबैले विगतमा ठुलो आन्दोलन/संघर्ष गरेरै आएको स्मरण गराएका छन् । कैलाली लगायतका समस्याको समाधान प्रशासनिक वा फौजी ढंगले नभएर राजनीतिक ढंगले नै खोज्नु पर्ने धारणा पनि बाबुरामले राखेका  छन्

उनले थरुहटको नक्शा र जनसंख्या सहित स्ट्याटस लेख्दै थारु नेपालको ६.५६ % जनसंख्या भएको सवभन्दा उत्पीडित जाति/समूह भएको र यो समूहको वसोवासका निश्चित ऐतिहासिक/ भौगोलिक थातथलो रहेका कारण त्यसलाई समेट्ने गरी प्रदेश बनाउन परे त्यसमा आपत्ति गर्न नहुने बताएका छन् ।

baburam on Tharuhat map

उनले नेताहरुलाई चेतावनी दिँदै भनेका छन्- अतिले खति गर्छ भन्ने हेक्का आफुलाई ठुला ठान्ने नेताहरुलाई वेलैमा होओस्!!’