२२ साउन, चितवन ।

भरतपुर महानगरपालिकामा नेकपा एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको सपथ वहिस्कार गरेका छन् । दिउँसो ३ बजेका ागि तय भएको सपथमा एमालेको तर्फबाट निर्वाचित प्रतिनिधि कुनै पनि सहभागि भएनन् ।

उनीहरु सहभागि नभएपछि कांग्रेस र माओवादीका प्रतिनिधिले मात्र सपथ ग्रहण गरेका छन् । मतपत्र च्यात्नेबाट सपथ नलिने भन्दै एमालेका निर्वाचित प्रतिनिधिले महानगर प्रमुख रेणु दाहाललाई नै वहिस्कार गरेका हुन् । उनीहरुले महानगर प्रमुख दाहालबाट सपथ नखाने अडान लिएका छन् ।

याे पनि पढ्नुस् : भरतपुरमा एमालेका जनप्रतिनिधिले सपथ लिन नपाउने, यस्तो छ कारण

भोली मुख्य निर्वाचन अधिकृतबाट सपथ लिने एमाले प्रतिनिधिको भनाई छ । महानगरपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षलले मुख्य निर्वाचन अधिकृतबाट र अन्यले महानगर प्रमुखबाट सपथ लिने व्यस्थालाई एमालेबाट निर्वाचत प्रतिनिधिले चुनैती दिएका हुन् ।
आजको सपथ ग्रहण कार्यक्रममा मेयरमा पराजित देवी ज्ञवाली पनि सहभागि भएनन् ।

चितवनमा कांग्रेस माओवादीको विजयी जुलुस ७ फोटोमा