२८, चैत्र, काठमाडौं ।

आन्तरिक विवादमा रुपमलिएको नेकपा एमालेको केन्द्रीय समितिको बैठकमा समुहगत छलफल सुरु भएको छ । १ सय ८४ जना केन्द्रीय सदस्यलाई दस समुहमा विभाजन गरेर समुहगत छलफल सुरु भएको हो ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले बैठकमा प्रस्तुत गरेको १२ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमाथि दस समुह बनाएर छलफल भइरहेको छ । समुह नेता चयन गरेर छलफल सुरु भएपनि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली भने पार्टी केन्द्रीय कार्यालय धुम्बाराही गएका छैनन् ।

ओलीको एक नम्बर समुहले भने प्रधानमन्त्री निवास बालुवाटारमै बसेर छलफल गरिरहेको छ । एक नम्बर समुहको टोली नेता कर्ण थापा रहेका छन् । एक नम्बर समुहमा १८ जना नेताहरु रहेका छन् । त्यसैगरी वरिष्ठ नेता झननाथ खनाल र नेता माधव कुमार नेपाल सहितका सबै नेताहरु भने पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफलमा जुटेका छन् ।

amale party karyalaya UML

सचिव प्रदिप ज्ञवाली, सचिव एवं प्रचार प्रसार विभागका प्रमुख योगेश भट्टराई, केन्द्रीय कार्यालयकास सचिव कृष्णगोपाल श्रेष्ठले तीन सदस्य कार्यदलले टोली नेताहरुमा कर्ण थापा, सीता गिरी ओली, जीवन घिमिरे, जीवनराम श्रेष्ठ, टङक कार्की, ठाकुर गैरे, राजेन्द्र राई, गणेश पहाडी, शेरबहादुर तामाङ र केदार न्यौपालाई जिम्मेवारी तोकेको थियो ।

ओलीको प्रतिवेदनमा भारतः अनुचित चासो र हस्तक्षेप ग्राह्य हुन सक्दैन

ओली सरकार ढाल्ने सल्लाह गर्न देउवा दिल्ली जादै

ओलीलाई कमल थापाले किन दिए चेतावनी ?

आइतावर छलफल गरेपछि ओलीको राजनीतिक प्रतिवेदन सोमवार परिमार्जन सहित पारित हुने बताइएको छ । मंगलवार बस्ने बैठकमा स्थायी कमिटीका निर्णयहरु अनुमोदन, पार्टी विभागहरुमा मनोनयन, पार्टीका विभिन्न आयोगका प्रतिवेदन, पार्टी विधानमा बाधा अडकाउ फुकाउ, केन्द्रीय कार्यालय भवन निर्माण र समसामयिक राजनीतिक प्रस्तावबारे निर्णय लिने एमालेले बताएको छ । पार्टी केन्द्रीय कार्यालय नगरेकोप्रति अध्यक्ष ओलीको केन्द्रीय सदस्यहरुले चर्को आलोचना गरेका छन् ।