१२ फागुन, सिन्धुली।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा संविधान संसोधनको प्रस्तावमाथी सैद्धान्तिक छलफल हुन सकेता पनि संसोधन प्रस्ताव पारित भने कुनै हालतमा हुन नसक्ने बताएका छन्।

फाइल तस्बिर

सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा नेकपा एमाले सिन्धुलीले आयोजना गरेको एक कार्यक्रमको उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन ।

सो अवसरमा ओलीले निर्वाचनको घोषणा भएर देशलाई निर्वाचनमय बनाउनु पर्ने अवस्थामा संविधान संसोधन प्रस्तावको हल्ला चलाउनु बेठीक भएको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले चुनाव घोषणा गरेपछि तराईमा आन्दोलनको हल्ला चलाएर एमालेलाई तराई छिर्न नदिन कसैको ताकत नलाग्ने बताए।

कार्यक्रममा ओलीले देशमा निर्वाचनको घोषणा भएको अवस्थामा सरकारले निर्वाचन आचार संहिता विरुद्ध प्रहरी अधिकारीहरुको सरुवा गरको समेत आरोप लगाए ।