१२ फागुन, काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृत वा सो सरहको पदको प्रथम चरणको लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ ।

परीक्षामा सहभागी मध्ये झण्डै २२ प्रतिशत मात्रै उत्तीर्ण भएको कार्यालयले जनाएको छ । गएको माघ २९ गते लिएको परीक्षाको नतिजा कार्यालयले आज सार्वजनिक गरेको हो ।

२० हजार ८ सय ७ जनाले परीक्षा दिएकामा ४ हजार ५ सय ५ जना उत्तीर्ण भएको आयोगले जनाएको छ । उत्तीर्ण उमेद्बारले दोस्रो चरणको परीक्षामा भाग लिन पाउनेछन् । (हेर्नुस् नतिजा)