४ भदौ, काठमाडौं । संचारकर्मी रवि लामिछाने पत्नी निकिता पौडेलले जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्ष (एसपी) दानबहादुर मल्लसहित तीनजनाविरुद्ध उजुरी दिने भएकी छिन् ।

पत्रकार शलिकराम पुडासैनीको आत्महत्या सम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले एसपी मल्लसहित प्रेस काउन्सीलका कार्यवाहक अध्यक्ष एवं जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिन लागेकी हुन् । उनको उजुरी दर्ता भइसकेको छैन । कार्यालय प्रमुख उत्तम सुवेदी बाहिर रहेकाे भन्दै उजुरी दर्ता नभएकाे हाे ।

उनीहरुले भिडियो सम्पादन गरी सार्वजनिक गरेको निकिताको आरोप छ । सोहि भिडियोका आधारमा आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै निकिताका श्रीमान् लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्की अहिले जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा छन् ।