३ असोज, एजेन्सी।

जापानले आफ्ना सेनालाई देश बाहिर लड्न पठाउन पाउने विवादास्पद कानुन पारित गरेपछि चीन र दक्षिण कोरियाले कडा प्रतिक्रिया जनाएका छन्। जापानी संसदबाट पारित पछिल्लो कानुनले यो क्षेत्रको शान्ति धरापमा परेको भन्दै चीनको आक्रामक प्रतिक्रिया आएको छ।

चीनको रक्षा मन्त्रालयले जापानले इतिहासबाट पाठ सिक्नु पर्ने बताएको छ । चीनले अन्य एशियाली छिमेकी मुलुकको सुरक्षा चासो सम्वोधन गर्न र सो क्षेत्रको शान्ति र स्थायित्व बढाउन जापानले धेरै गर्नु पर्ने बताएको छ।

japan_s_self_defense_forces

त्यसै गरि अर्को छिमेकी मुलुक दक्षिण कोरियाले जापानलाई आफ्नो अनुमति बिना भर्खरै पारित कानुन प्रयोग नल्याउन चेतावनी दिएको छ।

दक्षिण कोरियाको समाचारपत्र ह्यानकाइरेह लेख्छ-‘जापानले पारित गरेको पछिल्लो कानुनले चीनसंग र अन्य छिमेकी मुलुकसंग हतियारको होडबाजी बढाउन सक्छ । बिगतमा गरेका गल्तीका कारण सिओललाई जापनसंग रक्षा सहकार्य बढाउन धेरै गाह्रो पर्नेछ। ‘

जापानले केही दिन अघि मात्रै जापानी सेनालाई देश बाहिर पठाउन मिल्ने कानुन पारित गरेको थियो। जापानमै पनि निकै विरोध भएको यो कानुनले ७० वर्ष यता पहिलो पटक जापानी सेनालाई विदेशमा लड्न जान बाटो खुला गरेको हो।

जापानका नजिकको सहयोगी अमेरिका र बेलायतले भने जापानको को पछिल्लो कानुनको स्वागत गरेका छन्।

जापान भित्रै रहेका आलोचकहरुले पछिल्लो कानुनले हिसां र युद्ध विरोधी जापानी संविधानको उल्ंघन गरेको बताएका छन्। यो कानुनले जापानलाई अमेरिकाले नेतृत्वको युद्धमा होम्ने खतरा रहेको उनिहरुको तर्क छ।