३ असोज, काठमाडौं ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका ३ जिल्ला नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नयाँ संविधान घोषणाको विरोध गर्दै बन्द सफल बानाउन हिँडर्को समयमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बागलुङ जिल्ला सेक्रेटरी कमानसिंह क्षत्री, जिल्ला सदस्य बाबुलाल शाक्य र राम बहादुर कुँवर छन् ।

संविधान जारी हुन लागेको विरोधमा विप्लव सहित वैद्य नेतृत्वको नेकपा माओवादी, संघीय समाजवादी फारेम, नेकपा एकीकृत, राष्ट्रिय दलित मुक्ति आन्दोलनले बागलुङमा बन्द आह्वान गरेका छन् ।