२३ पुस, एजेन्सी।
चर्चित बलिउड कलाकार ओम पुरीको शुक्रबार ६६ वर्षको उमेरमा निधन भएको छ। उनको मृत्य हृदयघातको कारण हुनसक्ने अनुमान गरिएपनि पोस्टमोर्टम रिपोर्टले शंका उब्जाएको छ।om-puri-13772412

बीबीसीसंगको एक अन्तर्वाताको क्रममा ओम पुरीले आफ्नो मृत्यु बारे कुराकनी गरेका थिए र भनेका थिए मृत्यु अचानक नै हुनेछ।

ओम पुरीले भनेका थिए, ‘मृत्युको भय छैन, बिमारीको भय त हुन्छ नै। जब हामी देख्छौ मानिस रोगको कारण लाचार छन् अनि अन्यमा निर्भर हुन्छन्। यसको डरलाग्छ। मृत्युको डर लाग्दैन।’

मार्च २०१५ मा बीबीसीले लिएको यो अन्तर्वार्तामा उनले भनेका थिए, ‘मृत्युको त तपाईलाई थाहा पनि हुने छैन। मेरो मृत्युको बारेमा तपाईले थाहा पाउनुहुनेछ, हिजो बिहान ७ बजेर २२ मिनेटमा निधन भयो’ यति भनेर उनी हाँसेका थिए।

वास्वतवमा भयो पनि त्यस्तै। शुक्रबार बिहान उनको हृयदघातको कारण मृत्यु भएको खबर आएको थियो।

यो पढ्नुस्।

पोस्टमोर्टम रिपोर्ट आयो, ओम पुरीको मृ्त्यु रहस्यमय बन्यो

यसरी सजिलै पत्ता लगाउन सकिन्छ अन्यको जिमेल पासवर्ड