२१ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जर्वजस्ती संसोधन विधयेक संसदमा पेश गर्न खोजे एमालेले कडा प्रतिवाद गर्ने बताएका छन् ।

kp-oli-1
आज पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै ओलीले सर्वाेच्च अदालतको आदेशको सम्मान गर्दै विधयेक फिर्ता लिन आग्रह गरे । ‘सर्वाेच्च अदालतको फैसलाले विधयेक फिर्ता लिन सरकारलाई सम्मानजनक बाटो दिएको छ, ओलीले भने, त्यसलाई बुझेरै फिर्ता लिँदा राम्रो हुन्छ ।’

oliसिमांकन हेरफेरको विषय संविधान बिपरित हो भन्ने कुरा अदालतले स्पष्ट भन्दाभन्दै पनि विधयेक जर्वजस्ती पेश गर्न खोजिए एमाले चुप लागेर नबस्ने उनको चेतावनी थियो । ‘हामीले भनेको नमानेपनि सर्वाेच्चले स्पष्टै पारिदिएको छ, ओलीले थपे, यत्ति हुँदाहुँदै पनि जर्वजस्तीको जवाफ पनि कडै हुन्छ ।’ उनले सिमांकन बाहेकका अन्य विषयमा भने संसदमा छलफल गर्न सकिने पनि बताए ।

ज्ञवाली हटाउनु घिनलाग्दो खेलः ओली

काँग्रेस सभापति शेरबहादुर देउवाले एमाले पनि संसोधनको पक्षमा आउँछ भन्ने अभिव्यक्ति दिएकोप्रति देउवाले कटाक्ष गरे । ‘हामीले यति स्पष्ट भन्दा भन्दै पनि देउवाजीले किन बुझ्नुभएन, फेरि नेपालीमै भनेका छौं, ओलीले भने, जे बोलेपनि हुन्छ भन्ठान्नुभएको हो कि ।’ अहिलेको संसोधन विधयेक जस्ताको तस्तै पेश गर्न खोजेको संसदमा प्रतिकार गर्ने संकेत ओलीले गरे ।