१३ फागुन, काठमाडौं ।

आफ्नो ६ दिने भारत भ्रमणको क्रममा मुम्बई पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बलिउडका कलाकारहरुसँग भेटघाट गरे ।

त्यसको चाँजो पाँजो मिलाउने मुख्य पात्र थिइन् बलिउड नायिका एवं नेपाली चेली मनिषा कोइराला ।

ओली भारत भ्रमणः मिठो स्वागत, नमिठो विदाइः यसरी देखाए मोदीले औकात

प्रधानमन्त्रीले स्वागत गर्न बसेकी मनिषालाई ‘के छ मनिषा जी भनेर हाल खवर’ भन्दै ‘काठमाडौ कहिले आउनु हुन्छ’ समेत भनेर सोधेका थिए । ओलीसँगको भेट मिलाएकी मनीषाले आज ट्वीटरमा तस्विर सार्वजनिक गरेकी छिन् ।

Manisha Twitt after PM Oli Met Her 1
मनीषाको ट्वीटमा प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री कमल थापासँग मनीषा र सुवाइ घइ समेतका तस्विर देखिन्छ ।

Manisha Twitt after PM Oli Met Her 2
मुम्बईको होटल हायात ग्राण्डमा कलाकारहरुसँग भेट्दै प्रधानमन्त्रीले नेपालमा फिल्म बनाउन, नेपालको प्राकृतिक सुन्दरतालाई फिल्ममा प्रयोग गर्न आग्रह गरेको बताएका थिए ।

ब्रेकअपबारे मलाइकाले भनिन्- अर्काको कुरामा किन चासो

Manisha Twitt after PM Oli Met Her 3

चर्चित भारतीय अभिनेत्री तब्बु, अभिनेता जितेन्द्र, शक्ति कपुर, नेपालका ज्वाइँ पनि भनिने गोविन्दा, निर्माता निर्देशक सुवाइ घइ लगाउतका कलाकारले प्रधानमन्त्री ओलीलाई भेटेका थिए ।

मनीषा कोइरालालाई प्रधानमन्त्रीको एउटा प्रश्न