४ साउन,काठमाडौं ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी नभएर नश्लवादी नेता भएको आरोप लगाएका छन् । ओलीको राष्ट्रवाद खोक्रो रहेको र उनी नश्लवादी भएको टिप्पणी यादवको छ ।

सत्ता टिकाउने र ढाल्नेहरुको उद्देश्य

मंलगबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता यादवले अहिलेको समस्या संवैधानिक नभएको भन्दै राजनीतिक समस्या भएकाले त्यही अनुसार सहमति खोजिनुपर्नेमा जोड दिए ।

upendra yadav reporters club

अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको नेतृत्वमा सरकार बनाईएको जसरी नयाँ सरकार गठन गर्न सकिने बताए ।

ओलीको समर्थन गर्दै सुजाता पार्टी बैठकमा जंगिइन्

बर्तमान संविधान नै अस्पष्ट भएको उल्लेख गर्दै वर्तमान संविधान बमोजिम प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने समेत औंल्याए । उनले काँग्रेस–माओवादी केन्द्रको गठबन्धनमा बन्ने सरकारमा आफुहरु सहभागी नहुने दाबी गरे । वर्तमान सरकारको बर्हिगमन र नयाँ सरकार बन्ने परिस्थितिले राष्ट्रिय समस्या हल गर्ने अवसर भएको उनको भनाई छ ।