सलमान खानको सफल चलचित्र सिक्वेल ‘दबंग-३’मा सोनाक्षी सिन्हालाई परिणिती चोपराले रिप्लेस गर्ने भएकी छिन्।parineeti and salman 4268017

यो खबरले सोनाक्षीका फ्यान भने बेखुसी हुनेछन्। तर परिणिती सलमानको आँखामै बसेपछि सोनाक्षी अबको सिक्वेलमा नदेखिने पक्का भएको छ। फिल्म सुल्तानमा आर्फाको रोलमा सलमानले परिणितीलाई चाहेका थिए। तर परिस्थिती सोचेझै भइदिएनन्। अब सलमानले यस्तै अवसर फेरी पाएका हुन्।Sonakshi sinha dabang

अघिल्ला दुइ भागमा ‘रज्जो’ को भुमिका निभाएकी सोनाक्षीको लागि भने यो अप्रत्यासित खबर होइन।

केही समय अगाडी नै सलमानले सोनाक्षीलाई फिल्ममा नलिने चर्चा चलिसकेका थिए। दबंगबाटै बलिउडमा डेब्यु गरेकी सोनाक्षी दबंग-२ मा पनि देखिइन्। तर उनको ह्याट्रिक पुरा नहुने देखिएको छ। सलमान खानका भाइ अरबाजको निर्माण रहेको फिल्म ‘डलीकी डोली’मा अफर भएको रोल अस्वीकार गरेपछि सोनाक्षीसंगको खान दाजुभाइको सम्बन्धमा चिसोपन आएको चर्चा चलेको थियो।