१९ वैशाख, काठमाडौ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिहदरवारभित्र नै जङगिएका छन् । सभामुख ओनसरी घर्तीले संसदको बजेट अधिवेशन संसदको नियमावली र संसदीय सुनुवाई समिति गठनको लागि लागि बोलाइएको छलफलमा सभापति देउवाले जबरजस्ती गरेर नियमावली र समिति गठन नहुने चेतावनी दिएका थिए ।

फाइल तस्बिर

फाइल तस्बिर

छलफलमा प्रधानमन्त्री ओली र प्रचण्डले देउवालाई नयाँ संविधान अनुसार १५ सदस्यीय सुनुवाई समिति गठन गरेर अगाडि बढ्नु पर्ने आग्रह गरेका थिए । जवाफमा देउवाले के को १५ सद्स्यीय समिति पुरानै व्यवस्था अनुसार ७२ सदस्यीय बनाउदा तपाईहरुको किन आपत्ति ?

सभामुखको उपस्थितिमा प्रमुख दलका शीर्ष नेताहरुबीच कुनै सहमति जुटन नसकेपछि अन्तिममा देउवाले आफ्नो पार्टीको संसदीय दलको बैठकमा छलफल गरेर मात्र यस विषयमा निर्णय दिने बताएका थिए । संसदीय समिति गठनका बारेमा देउवाले पदाधिकारीहरुसँग पनि छलफल थालेका छन् ।

यो पनि पढ्नुस्।

‘युवा सशक्तीकरण अभियान’ परिचालन गरिने

एण्ड्रोइडमा लुकेर बसेका केहि प्रयोगशाली फिचरहरू…

इपिएस प्रणाली खारेज गर्न माग गर्दै सोलको सडकमा निस्किए नेपाली (तस्विर सहित)

प्रचण्ड वा देउवाको सरकार बनाउनु औचित्यहिन -गृहमन्त्री बस्नेत