विकाश श्रेष्ठ ।
१९ बैशाख, सोल ।

एक सय सत्ताइसौ अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा कोरियाको राजधानी सोलमा मजदूरहरुको बृहत् र्या‍लीको आयोजना गरेका छन् ।

यहाँको सवैभन्दा ठुलो मजदूर संगठन कोरियन मजदूर प्रजातान्त्रिक केसिटियु, प्रवासी मजदूर संघ एमटियू लगायत मजदूर संगठनका सदस्य लगायत प्रवासी मजदुरको बाक्लो उपस्थिति रहेको छ ।

Korea Nepali Rally `
प्रवासी मजदूरको हक अधिकार र उनि माथि हुने गरेका भेदभाव विरुद्ध आवाज उठाउदै आएको एमटियूले इपिएस प्रणाली खारेज गरी डब्लु पिएस अर्थात वर्क परमिट सिस्टम लागू गर्नुपर्ने, प्रतिघण्टा दश हजार वोन ज्याला, प्रवासि मजदूर माथि हुने गरेको भेदभाव, पछिल्लो समय अध्यागमन विभागका कर्मचारीद्धारा भइरहेको धरपकड, दुव्र्यवहार रोक्नुपर्ने माग राख्दै मे दिवसलाई संघर्षको आरम्भ भनेको छ ।

Korea Nepali Rally

एमटियूका अध्यक्ष समेत रहेका उदय राईले इपिएस प्रणाली कारण प्रवासी मजदूरले धेरै समस्या भोग्नुपरेको, आत्महत्या, दुर्घटना जस्ता घटना बढेको भन्दै इपिएस प्रणाली खारेज हुनुपर्ने माग राखेका छन् ।

Korea Nepali Rally 1

उनले नेपाल लगायत इपिएस प्रणलाी लागू गरिएका मुलुकबाट सोहि सिस्टमबाट कामदार ल्याउनुपर्ने तर कोरियामा कम्पनीहरुलाई सो प्रणाली लागू हुन नहुने धारणा राखे । त्यस्तै एमटियूमा आवद्ध बंगलादेशी कामदारले पनि इपिएस प्रणालीमा भएको खराबीका कारण प्रवासी मजदूरले स्वेच्छिक तवरले कम्पनी परिवर्तन गर्न नपाएको, कृषिमा कार्यरत कामदारले तोकिएको तलब नपाएको लगायतका समस्या भोग्नुपरेको बताए ।त्यस्तै र्‍यालीमा सहभागी नेपाली कामदारले पनि इपिएस प्रणालीले कामदार मर्कामा परेको बताए ।

Korea Nepali Rally २

इपिएस प्रणाली मार्फत नेपालबाट कामदार ल्याउन यहाँ सजिलो भएपनि कोरियाका कम्पनीको मनोमानीका कारण प्रवासी कामदार मर्कामा पर्ने गरेका छन् ।

नेपालबाट आउँदा जस्तो कम्पनीमा काम परेपनि लगातार तीन वर्ष सम्म सोही कम्पनीमा काम गर्नुपर्ने, कम्पनीको नियम विपरित काम गरे तथा विना कारण निश्कासन, उमेर हदबन्दी, काम गाह्रो भएपनि कम्पनी परिवर्तन गर्न नपाउने, मजदूर कानून प्रवासी मजदूरमा लागू नहुने लगायतका खराब पक्ष इपिएस प्रणालीमा रहेको छ । जसका कारण मजदूरहरुमा मानसिक तनाब बढ्नुका साथै आत्महत्या जस्तो बाटो रोज्ने गरेको उनीहरुको तर्क छ । यद्यपी मजदूर संघले कामदार ल्याउने प्रक्रिया भने सोहि सिस्टम ठिक भएको र त्यसैलाई निरन्तरता दिनुपर्ने पक्षमा देखिएको छ ।

श्रीलंकाली कामदार कोटा बढाउने दक्षिण कोरियाको संकेत, नेपालीको घट्न सक्ने

विदा नपाएपछि कोरियामा कार्यरत नेपालीले गरे आत्महत्या