८ साउन, एजेन्सी।

परिवार नियोजनको अस्थायी साधनसँगै यौनजन्य रोगबाट जोगिने महत्वपूर्ण साधन हो कण्डम । तर हालैको एक अध्ययनले अफ्रिकन नागरिकहरुमा कण्डमको प्रयोग घट्दै गएको देखाएको छ । जसले एचआइभी संक्रमितहरुको दर बढ्दो छ ।

दक्षिण अफ्रिकामा एक हप्तामा २ हजार ७ सय जना एचआइभी संक्रमित हुन्छन् उनीहरु मध्ये ७४ प्रतिशत महिला रहेको तथ्याङ्कले देखाउँछ । उनीहरुलाई कण्डमको प्रयोग गर्ने बानी कसरी बसाल्ने भन्ने चुनौती बनेको छ ।

तथ्याङ्क अनुसार सन् २०१४ मा मात्रै ३ लाख ४० हजार जना एचआइभीका नयाँ संक्रमित भेटिएको छ । यो संख्या प्रतिदिन हिसाबा गर्दा ९ सय ३१ हुन आउँछ । गएको वर्ष मात्रै ५ लाख मानिस संत्रलमित भएका थिए ।

१ लाख ४० हजार मानिस वर्षेनी एड्सका कारण मर्ने गरेका छन् । कयौं तथ्याङ्क रेकर्ड नहुने भन्दै एड्सका कारण दैनिक मृत्यु हुनेको संख्या ४ सय रहेकोे बीबीसीले उल्लेख गरेको छ ।

यो पनि पढ्नुस्।

कण्डम किन्दा चेकजाँच गर्नु हुन्छ त ?

कण्डम प्रयोग गर्दा का १० गल्ती