कण्डम ती जोडीको लागि बरदान नै हो जो सेक्सको मज्जाको साथै सुरक्षाको अनुभव पनि गर्न चाहन्छन्। यो पनि नबिर्सौ कि कण्डमले नचाहेको गर्भ रहन दिदैन साथै यौनरोगहरु बाट पनि बचाउँछ।

तर कण्डम प्रयोग गर्न केही जानकारी भएको भने हुनु पर्छ। कण्डम प्रयोग गर्न नजान्दा लाजमर्दो स्थिति पनि सृजित हुन सक्छ। राम्रो संग लगाउन नजान्दा यसको प्रभाव पनि भनेको जस्तो नहुन सक्छ, जसको कारण यसले गर्ने फाइदामा पनि कमी आउन सक्छ। मानिसहरुमा यसको प्रयोगको बारै दुवैखाले धारणा पाइने गर्दछ। कसैलाइ यसको प्रयोग पश्चात धेरै खुसी मिल्ने हुन्छ भने कसैलाइ व्यर्थको झन्झट लाग्ने हुन्छ। तर यसो भन्दैमा कण्डमको उपयोगिता तथा फाइदाहरुलाइ बिर्सन मिल्दैन। यहाँ कण्डमसँग सम्बन्धित १० गल्तिहरुको बारेमा उल्लेख गरिएको छ।

गल्ति १. कण्डम ड्यामेजपो छ कि भनि हेर्दै नहेरी लगाउने

उत्तेजनाको बेला धेरै जस्तो मानिसहरु कण्डममा केही ड्यामेज पो छ की भनि हेर्ने गर्दैनन्। यदि ड्यामेज भएको छ भने त त्यो कण्डम लगाएको कुनै अर्थ हुदैन। सानो ड्यामेजले पनि तपाइको केटी साथीलाइ गर्भरहने डर हुन्छ वा कुनै यौनरोग भए एक अर्कामा सर्ने खतरा हुन्छ। त्यसैले कण्डम प्रयोग गर्नुपुर्व एक चोटी कण्डमलाइ नियाल्ने गर्नुहोस, ताकी कुनै ड्यामेज छ भने थाह पाइयोस्।

गल्ति २. कण्डमको ढिलो प्रयोग

यौनसम्पर्कको बिच वा केही कार्य भए पश्चात गर्भ नरहोस् भन्दै ढिलो गरि कण्डम प्रयोग गर्ने बानीले धेरै यौनरोगको डर हुने हुन्छ। यौनसम्पर्क हुनु ठिक पुर्वनै कण्डम लगाउने बानी बसाल्नुहोस।

Condoms 2
गल्ति ३. छिटो कण्डम निकाल्ने

केहि मानिसहरुले यो अति नै ठुलो मुर्खायाईँ गर्दछन्। यौनसम्पर्कको काम नसकिदै कण्डम निकालेर फाल्ने भन्दा ठुलो मुर्खायाईँ अरु के होला। यो गल्ति भुलेर नि नगर्नुहोला। यौन सम्पर्कको पुरा अवधि भर नै कण्डम लगाइरहनुहोस्।

गल्ति ४. एउटै कण्डम फेरी प्रयोग

सुन्दा अलि अनौठो लाग्ला तर केही ले यसो पनि गर्ने गर्दछन्। एउटा कण्डम एक चोटीलाइ मात्र प्रयोग गर्नुहोस। एक चोटीको यौन सम्पर्क पश्चात त्यो कण्डम निकाल्नु होस् र फेरी सम्पर्क राख्ने हो भने अर्को नयाँ कण्डम प्रयोगमा ल्याउनुहोस्। पुरानो कण्डममा पहिलेको विर्य टासिएर बस्ने भएकाले फेरी लगाउनु भनेको कण्डम नलगाए सरह नै हुन जान्छ।

गल्ति ५. कण्डमको टुप्पाको हावा ननिकाल्ने

जब कण्डम लगाइन्छ तब टुप्पामा केही कण्डमको थोरै ठाँउ रहने गरि कण्डम बनाइएको हुन्छ। त्यो ठाँउमा स्खलन पछि विर्य जम्मा हुने गर्छ। तर यसरी बस्ने खाली ठाँउमा हावा भने भरिन हुदैन। हावा छ भने पहिले नै निकाल्नु पर्छ। हावा भयो भने कण्डम फुट्ने डर रहने हुन्छ।

Condoms 2

गल्ति ६. कण्डमलाइ गलत ठाँउमा राख्ने

सजिलो हुन्छ भन्दै कण्डमलाइ पर्समा राख्ने बानी नगर्नुहोस्। चिसो तर सुख्खा ठाँउमा राख्नु पर्ने कुरालाइ जथाभावी राख्दा यसको प्रभाव घट्छ। धेरै दबिने ठाँउ, जस्तै पर्समा कण्डम राख्नाले उक्त कण्डम ड्यामेज हुनसक्ने खतरा बढ्ने हुन्छ।

गल्ति ७. बास्नादार तथा रंगिन कण्डमको इच्छा

बास्नादार कण्डमहरुमा ‘सुगर’ को मात्र हुन्छ, जसले ‘यिस्ट इन्फेक्सन’ गराउने डर हुन्च। योनीमा ब्याक्टेरी-फाइटिङ प्रणालीको राम्रो बिकास भएता पनि बाहिरी केमिकलहरुले भने इन्फेक्सन बढाउने खतरा हुन्छ।

गल्ति ८. एक्पारी डेट चेक नगर्ने

कण्डमको किन्दा देखि प्रयोग गर्दा एक्पारी डेट चेक गर्ने बानी गर्नुहोस। ५ वर्षसम्मको अवधिमा प्रयोग गर्न मिल्ने हुन्छ अधिकांस कण्डमहरु तापनि कतै धेरै पुरानो त हैन भनेर एक पटक भने चेक गर्ने गर्नुहोस्।

गल्ति ९. उल्टो कण्डमको प्रयोग

हतारको बेला धेरै जसोले उल्टो कण्डम प्रयोग गर्ने भुल गर्दछन्। धेरै चोटी कण्डम प्रयोग गरेकाहरुले पनि गल्ति गर्ने गर्दछन् यो कुरामा। यदि उल्टो कण्डम लगाउनु भयो भने फेरी सुल्टो लगाउनलाइ त्यहि कण्डम निकालेर चाहिँ नलगाउनुहोस्। उल्टो भएमा फुकालेर अर्को नयाँ कण्डम निकालेर सुल्टो लगाउनुहोस्।

गल्ति १०. कण्डमको प्याकेट खोल्दाको गल्ति

कुनै धारिलो चिज प्रयोग गरेर कण्डमको खोल खोल्ने नगर्नुहोस्। यसले कण्डममै ड्यामेज आउने सम्भावना राख्दछ।

यो पनि पढ्नुहोस्।
कण्डोम प्रयोग गर्दा ध्यान दिनै पर्ने ७ कुरा
कण्डोमबारेका भ्रम र यथार्थ 
केटीले कण्डोम माग्दै हिँडेपछि …(भिडियो सहित)
अब कण्डम लगाउन झन सजिलो…
कण्डम किन रंगिन हुन्छ ?