काठमाडौं, १३ जेठ । कतारमा रहेका नेपालीहरुले त्यहाँको कानुन विपरित विभिन्न गतिविधिमा संलग्न हुने गरेको भन्दै दोहास्थित नेपाली राजदुतावासले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विभिन्न परिस्थितिमा विशेषतः रोजगारीका लागि नेपालबाट कतार पुगेका नेपालीहरुको कतार बसाइको मुख्य लक्ष्य जिविकोपार्जन तथा जीवनस्तरमा सुधार गर्नु हो । तर केही समययता केही नेपालीहरु मुख्य लक्ष्यबाट विचलित भई सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गर्ने, बेचबिखन गर्ने, होहल्ला तथा झैझगडा गर्ने गरेको र यसबारे विभिन्न तह र तप्काबाट नकारात्मक टिप्पणी भइरहेको दुतावासले सोमबार विज्ञप्ती जारी गरी जनाएको छ ।

यस्ता खालका गतिविधिले नेपाली समुदाय र नेपालप्रति नकारत्मक धारणा सिर्जन गर्न टेवा पुग्ने भन्दै दुतावासले विशेष सचेतता अपनाउन अपिल गरेको छ । (हेर्नुस् दुतावासको प्रेस विज्ञप्ती)