मकवानपुर, १३ जेठ । इन्द्रसरोबर गाउँपालिका ३ मा सोमबार करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । कोगटेमा माण्डु हाइड्रोपावरका लागि विद्युतीय सामाग्री बोकेर आयोजना स्थलतर्फ जाँदै गरेको ना ७ ख ९३२६ नम्बरको ट्रकले हाइटेन्सन लाईनमा छोएपछि विद्युत सर्ट भई करेन्ट लागेको थियो ।

करेन्ट लागेर तीन पाटन ९ सिन्धुलीका सवारी चालक २८ वर्षीय वीरबहादुर मगर र ट्रकमै सवार वेलकोट गढी ७ नुवाकोटका ३५ वषर््ािय विशाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

करेन्ट लागेर अरु दुई जना घाईते भएका छन् । घाईते हुनेमा सिन्धुलीका गोपाल रामोली र ललितपुरका महेश बस्नेत रहेका छन् । घाईतेहरुलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।