१९ भदौ, एजेन्सी । विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलको आगामी संस्करण कतारमा आयोजना हुँदैछ । यो नै कुनै अरब मुलुकमा विश्वकप फुटबल आयोजना हुन लागेको पहिलो पटक हो ।

सन् २००९ मा कतारलाई सन् २०२२ को विश्वकप आयोजना गर्ने अवसर मिलेको हो । विश्वकपका लागि कतारमा तयारी तिब्र पारिएको छ । विश्वकपका खेलहरु तीन वटा शहरका विभिन्न ८ वटा रंगशालामा हुन्छ ।

अहिले धमाधम रंगशाला निर्माणको क्रम चलिरहेको छ । विश्वकप आयोजना हुनेमध्ये राजधानी दोहामा बनिरहेको रस अबु अबुद रंगशाला पनि एक हो । यो रंगशाला १ हजार कन्टेनरबाट निर्माण हुँदैछ । यसका लागि चीनबाट ९० कन्टेनरको पहिलो खेप दुबई पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।

रोचक त के भने विश्वकप सकिएपछि यो रंगशाला भत्काइनेछ । यो फिफाको पहिलो यस्तो रंगशाला हो जो पुनः प्रयोग गर्न सक्ने खालको हुनेछ । रंगशाला भत्काएर कन्टेनर अरु देशमा रंगशाला बनाउनका लागि पठाउन सकिनेछ । यो रंगशालाको दर्शक क्षमता ४० हजार रहनेछ । सन् २०२० सम्म यो रंगशाला तयार हुनेछ ।

कन्टेनरमा बाथरुम , अफिस र गेष्टहाउस

विल्डिङ ब्लक्सको साइजका कन्टेनरमा रंगशालाको बाथरुम, अफिस र गेष्ट रुपमा पनि बनाइनेछ । कतारले यसैवर्ष एउटा रंगशालाको निर्माण सम्पन्न गरिसकेको छ । दुई वटा रंगशालाा पहिला नै तयार थिए । अल वकरा शहरमा रहेका अल जानुब रंगशाला विश्वकपका लागि तयार रहेको घोषणा गरिसकिएको छ । यसको दर्शक क्षमता ४० हजार रहेको छ ।

जहाँ फाइनल खेल हुनेछ

लुसैल शहरको आइकोनिक रंगशाला दर्शक क्षमताको हिसाबले सबैभन्दा ठूलो रंगशाला बन्दैछ । जहाँ ८० हजार दर्शक अट्नेछन् । प्रतियोगिताको उद्घाटन समारोह, समूह चरणका खेल, क्वाटरफाइनल र सेमिफाइनलका कुनै एउटा र फाइनल खेल यहिँ हुनेछ ।

विश्वकप हुने आठ रंगशाला र तिनको निर्माण अवस्था

६० हजार दर्शक क्षमताको अल बायत रंगशालााको काम जारी
४० हजार दर्शक क्षमताको अल जानुब रंगशाला तयार
४० हजार दर्शक क्षमताको अल रयान रंगशालााको काम जारी
४० हजार दर्शक क्षमताको अल थुमामा रंगशालााको काम जारी
४० हजार दर्शक क्षमताको एजुकेशन सिटी रंगशालााको काम जारी
४० हजार दर्शक क्षमताको खलिफा रंगशाला तयार
८० हजार दर्शक क्षमताको लुसैल आइकानिक रंगशालाको काम जारी
४० हजार दर्शक क्षमताको रस अबु अबुद रंगशालाको काम जारी