२ चैत, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँगको सीमा नाका तातोपानी भन्सार नाका सुचारु गर्न आफूले चीन भ्रमणका क्रममा सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

वालुवाटारमा नेपाल ट्रक कन्टेनर ब्यवसायी संघले नाका खोल्न आग्रह गर्दै बुझाएको ध्याकर्षण पत्र बुझ्दै ओलीले यस्तो आश्वासन दिएका हुन् ।

PM Oli with Container Byabasai
मंगलबार सिन्धुपाल्चोकका राजनीतिकर्मी, ब्यवसायी तथा ट्रक कन्टेनर ब्यवसायी संघका पदाधिकारीहरु तातोपानी नाका सुचारु गर्न ध्यानकर्षण गराउँदै प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउन पुगेका थिए ।

ओलीको चीन भ्रमण पूर्वसन्ध्याः नाकाबन्दीका २ भारतीय शुत्राधार काठमाडौंमा

प्रधानमन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा महाभुकम्पपछि चीनको खासा क्षेत्रको गोदाममा रहेको पाँच सय ट्रक भन्दा बढी सामान९५ अरव रुपैयाँ वरावरको नेपाल ल्याउनका लागि बिशेष पहल गर्न अनुरोध गरिएको छ ।

भारत हारेमा कपडा खोलेर नाच्ने पाकिस्तानी अभिनेत्रीको घोषणा (भिडियो सहित)

प्रधानमन्त्री केपी ओली आगामी चैत ७ गते ५ दिने चीन भ्रमणमा जाँदैछन् ।