२९ कात्तिक, काठमाडौं । धादिङमा सुटपाइन्टको कपडा बेच्न आउने एक भारतीयले स्थानीय युवतीलाई बलात्कारको प्रयास गरेका छन् ।

गजुरी बस्ने २१ वर्षीया युवतीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा भारत अयोध्या बस्ने ३० वर्षीय कोमल शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

File Photo

सुट पाईन्टको कपडा बिक्री गर्न भन्दै गजुरी आएका शर्माले बिहीबार ती युवतीलाई जबरजस्ती करणी गर्न खोज्दा पीडितले प्रतिकार गरेपछि शर्मा भागेको पीडितको उजुरीमा उल्लेख छ ।

प्रहरीले शर्मालाई गजुरी बजारस्थित बसपार्कबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।