६ वैशाख, एजेन्सी।

भारतीय हाँस्यव्यङ्ग्य तथा टिभी कलाकार ‘कृष्णा अभिषेक’को नयाँ चलचित्र ‘फुलटू-जुगाडू’ छिट्टै नै रिलिज हुन गैरहेको छ, जसमा उनको मूख्य भूमीका रहेको छ। चलचित्रको सुटिङ्गकै क्रममा कृष्णा र उनकी प्रमुख अभिनेत्री ‘निहारिका रायजादा’को मीडियासँग कुराकानी भएको थियो। जहाँ कृष्णालाई आफ्नो प्रतिद्वन्द्वी ‘कपिल शर्मा’को नयाँ शो लाई लिएर केहि टेन्सनयुक्त देख्न सकिन्छ।Krishna and Kapil

(नयाँ शोमा ‘कप्पू’ बन्ने भए कपिल शर्मा, यस्ता छन् अन्य कास्टका पात्रको नाम)

बलिउड भास्करसँगको अन्तर्क्रियामा कपिल शर्माको नयाँ शो को बारेमा कृष्णाले भने- “म धेरै खुसी छु कि कपिल आफ्नो नयाँ शो लिएर आउँदैछ। अर्को हप्ता शो को लञ्च छ। कपिलले मलाई पनि इन्भाइट गरेका छन् र शो देख्नको लागि म आफै एक्साइटेड छु। हुन त, अब उसलाई पनि टेन्सन हुन्छ, किनकी ‘कमेडी नाइट्स लाइभ’को पनि राम्रो रेटिङ्ग आइरहेको छ अनि हामीलाई पनि धेरै टेन्सन हुनेछ, किनकी हामीलाई यो थाहा छैन कि नयाँ शो मा उसले के लिएर आउँछ!”

च्यानलसँगको विवादपश्चात सन् २०१६ को सुरुवातमा कपिल शर्माले आफ्नो चर्चित शो ‘कमेडी नाइट्स विद कपिल’ छाड्दिएका थिए। पछि यसको नाम परिवर्तन भयो र कृष्णा अभिषेक त्यसको होस्ट बनेका थिए। यसै सन्दर्भलाई लिएर इण्डष्ट्रीमा कपिल र कृष्णाको प्रतिष्पर्धाको बारेमा खुबै चर्चा हुने गर्छ, जसलाई कृष्णाले ‘हेल्दी कम्पिटिसन’को रूपमा लिन्छन्। “किनभने”, उनी भन्छन्- “ऊ मेरो साथी हो!”

भिडियो स्रोत– बलिउड भास्कर

यो पनि हेर्नुहोस्-
कपिल शर्माको नयाँ शो को पहिलो एपिसोडमा आउने भए शाहरुख खान
कपिलकी अनस्क्रिन पत्नि अव अर्कैकी पत्नि बन्ने
कपिल शर्माले मागे ५ गुणा बढि ज्याला, पहिलो फिल्ममा १ करोड लिएका थिए