६ बैशाख, काठमाडौं ।

नेपालले नामिबियामाथि शानदार दोश्रो जित हात पारेको छ । कप्तान पारस खड्काको शतकीय पारीको मद्दतले नेपालले नामिबियामाथि घरेलु मैदानमा ३ विकेटको दोश्रो जित निकालेको हो ।

गत शनिबार पनि किर्तिपुर स्थित त्रिवी मैदानमा नेपालले नामिवियालाई ५ विकेटले पराजित गरेको थियो । शनिबार चम्किएका शरद भेषवाकर सोमबार पनि टिक्ने खेलाडिमा परे । यद्यपी उनको रनरेट भने कमजोर रह्यो । उनी टिकेर ७५ रनको योगदान गरे ।

nepal cricket lover

नामिबियासँगको दोश्रो खेलमा पारस खड्काले आफू किन कप्तान भन्ने कुराको पुष्टी मात्र गरेनन् अन्तराष्ट्रिय एकदिवसिय खेलमा धेरै सर्वाधिक रन समेत बनाए ।

एक वर्ष अघि गरेको वाचा पारस खड्काले यसरी पुरा गरे

धर्मराएको टिमलाई आत्मविश्वास प्रदान गर्दै पारसले ९४ बलमा १०३ रनको विशाल पारी खेले ।

टश जितेर फिल्डिङ गरेको नेपालको जवाफी ब्याटिङ शुरुमा सशक्त हुन सकेको थिएन । ओपनरहरु आउट भएपछि आएका शरद भेषवाकर र पारस खड्काको साझेदारीले नेपालको जित सुनिश्चित गर्‍यो ।

शरद भेषवाकरले दिगो ब्याटिङ गर्दै १०७ बलमा ७४ रन बनाएर नट आउट रहे। अन्तिम ओेभरमा ६ रन अआवश्यक पर्दा बसन्त रेग्मी मैदानमा आएका थिए ।

बसन्तले अन्तिम चौका प्रहार गर्दै देशलाई शानदार जित दिलाए ।

नेपाल सहित ५ सिकारु देशले बनाएका क्रिकेटका ५ अपत्यारिला रेकर्ड

शनिबारको जितसँगै नेपाल अंकतालिकाको पुछारबाट दुई स्थान माथि उक्लि सकेको छ। अव यो प्रतियोगिताका शिर्ष चार टोलीले बंगलादेशमा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछन् ।

क्रिकेटमा कहिल्यै नतोडिने रेकर्डः १ बलमा २८६ रन