४ वैशाख, एजेन्सी ।

हिजोआज कमेडियन कपिल शर्मा आफुप्रति नकारात्मक खबरका कारण चिन्तित छन् । आफ्ना सहकर्मी सुनिल ग्रोवरसंग भएको विवादका कारण अन्य कलाकारले पनि उनको शो को सुटिङ बन्द गरे । तर खबरका अनुसार शो जारी रहने छ भने कपिलले पनि आफ्नो शोमा नयाँ नयाँ कलाकारलाई प्रवेश गराइरहेका छन् ।

चाडै नै उनको शो मा एक महिला क्रिकेटर सेलीब्रेटी वेद कृष्णमुर्तीको आगमन हुने भएको छ । योसंगै सोनी टेलीभिजनबाट प्रसारण हुने कपिलको उक्त शो सयौ एपिसोड प्रवेश गर्नेछ । उक्त शो को लागी कृष्णमुर्तीले शुटिङ पनि गरिसकेकी छिन् ।

केहि दिन अघि मात्रै कपिलले आफ्नो ट्विटबाट सुनिललाई अनफलो गरेका गरेका थिए।

यो पढ्नुस्

कपिलले सुनिल र चन्दनलाई ट्विटरमा गरे ‘अनफलो’