९ पुस, काठमाडौं ।

परराष्ट्रमन्त्री कमल थापा विभिन्न सम्झौता गर्ने तयारी सहित चीन गएपछि भारतीय मिडियामा तरंग देखिएको छ ।

नेपालले चीनसँग विभिन्न सम्झौता गर्न लागेको भन्दै भारतीय मिडियामा चर्चा परिचर्चा शुरु भएको छ ।

Kamal Thapa China indian Media reaction 1

मधेशी मोर्चाले सरकारको प्रस्ताव अस्वीकृत गरेपछि नाकाबन्दी खुल्ने संकेत नदेखिएको र नेपाल सरकार अव चीनसँग पेट्रोल डिजल सहितका बस्तु आपुर्तिका लागि ठूलो सम्झौताको तयारीमा रहेको भारतीय मिडियाको अनुमान देखिन्छ ।

यस अघी चीनबाट इन्धन ल्याउने तयारी नेपालले गरेपछि पनि भारतीय मिडियामा तरंग देखिएको थियो । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई उद्धृत गर्दै समाचारमा सरकारको झुकाव चीन तर्फ रहेको भनिएको छ ।

भारतले नेपालमाथि गरेको ब्यवहारले चीन चिन्तित छ- चिनियाँ विश्लेषक

कमल थापाको चीन भ्रमण कुटनीतिक नभएर राजनीतिक रहेको भन्दै भारतीय मिडियामा विशेष चर्चा गरिएको छ ।

बेलायती पत्रिका डेली मेल लेख्छ- भारत कराउँछ, चीनले काम गर्छ