४ मंसिर, काठमाडौं ।

नेपालमाथि छिमेकी भारतले गरिरहेको नाकाबन्दीलाई उत्तरी छिमेकी चीनले नजिकबाट नियालीरहेको चिनियाँ विश्लेषकले बताएका छन् । भारतीय ब्यवहार नचाहिने स्तरमा आक्रामक रहेको पनि उनको भनाइ छ ।

विविसी नेपाली सेवासँग विहीबार कुरा गर्दै बेइजींगस्थित चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेशनल रिलेशन नामक प्राज्ञ संस्थाका दक्षिण एशियाली मामिला विज्ञ हु शीशेंले चीनले नेपालको अवस्थाप्रति विशेष चसो राखिरहेको र चिन्ता पनि रहेको बताए ।

Chinese Analyst on India Blockade

भारतको ब्यवहार एक प्रकारको हस्तक्षेपकै रुपमा आएको भन्दै उनले लाग्छ उनीहरुको आफ्नो आवाज सुनाउने यो भन्दा चलाखीपूर्ण वा राजनीतिक वा कुटनीतिक तरीका छोडेर भारतले नाकाबन्दी जस्तो सार्वजनिक तरिका अपनाउनु गलत भएको बताए ।

चीनलाई के कुरामा चिन्ता

उनले भनेका छन्, ‘हामी त्यसका असर आफुलाई पर्ने बारेमा मात्रै होइन, आफ्नो छिमेकीको विकास, स्थीरता र एकता बारे पनि चिन्तित हुन्छौं। किनभने हामी संगसंगै छौं। त्यस्तै हामीलाई थाहा छ कि, विगतमा नेपालको बाटो भएर गैरकानुनी रुपमा तिब्बतीहरुको आवतजावत भएका छन्। कतै नेपालको यो अवस्थाले त्यसलाई थप बढावा देला कि भन्ने चिनियाँ चिन्ता हुन्छ। त्यसमाथि तिब्बत र नेपालको विकास बढ्दो रुपमा अन्तरसम्बन्धित हुन थालेका छन्। त्यसैले ढिलोचाँडो नेपालको अस्थीरताले तिब्बतमा असर पार्छ। अर्को विषय के छ भने, चीनले दक्षिण एशियासंग भौतिक रुपमै जोडिन चाहेको छ। यसका निम्ति उत्तम भनेको नेपालबाटको बाटो हुन सक्छ, किनकि चीन र भारतबीचका सीमा विवाद अझै समाधानभन्दा निकै पर देखिन्छन्। त्यसैले नेपालमा गडबडी भए यस्ता योजना सहजै कार्यान्वयन हुन सक्दैनन्।’

भारतीय मिडियाको खुलासा- मधेशी नेताले भारतलाई भने तराइ भारतकै हो

चीनबाट इन्धन लगायतका सामग्री ल्याउन सहज बाटो नरहेको भन्दै उनले भनेका छन् बाटोलाई आधुनिकरण गरिनु पर्छ । भविष्यमा चीन र नेपाल बीच थप आधुनिक खालका सडक वा रेलवे लिंक भएको खण्डमा यस्ता स्थितिको सम्बोधन हुन सक्ने उनको भनाइ छ ।

भारतलाई चिढ्याउन नचाहेको भन्ने विविसीको प्रश्नमा उनले चीन भारतलाई असुरक्षित महशुश गराउने गरी उसका छिमेकीसंग सम्बन्ध विकास गर्न चाहेको भन्दै भारतलाई असुरक्षित महशुश हुने गरी चीन उसका छिमेकीसंग सम्बन्ध विकास गरेर ती देशलाई भारतीय कारबाही मार्फत थप दुख दिन चाहँदैन भनेका छन् ।