हुम्ला, ३ असार । हुम्लाको खार्पुनाथ गाउँपालिका ५को खार्पुनाथ बाट याक्चु कुना जाँदै गरेको जीप कर्णाली नदीमा खस्दा १६ जना वेपत्ता भएका छन् ।

लु १ज ७१६६ नम्बरको गाडी बेणुबिसौना र कैलेबालुको बिचबाट कर्णाली नदिमा खस्दा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शिन्दु हमाल शाहीसहित १६ जना वेपत्ता भएको याक्चु प्रहरीले जनाएका छ । गडीमा बसेका कति यात्रु सवार थिए भन्ने एकिन भइनसकेको प्रहरीको भनाई छ ।

अहिले नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा उद्धार भइरहेको छ । तर गाडी नदिमा खसेको केहिसमय पछि गाडी नै कर्णाली नदिले नै पुरै छोपेकोले कुन ठाउँमा गाडी छ, भन्ने थाहा नभएको बताइएको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।