काठमाडौं, ३ असार । लोकसेवा आयोगले स्थानीय तहका लागि खुलाइएको विज्ञापनमा आवेदन दिने म्याद ७ दिन थप गरेको छ ।

अनलाइनबाट आवेदन स्वीकार हुने र सर्भरमा चाप परेर आवेदन गर्न नै समस्या आएपछि आयोगले ७ दिन म्याद थपेको हो । आयोगको मंगलबारको निर्णय अनुसार अब असार १० गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि असार १० गतेसम्म दोब्बर दस्तुर तिरेर भर्न पाइने आवेदन अब असार १७ गतेसम्म भर्न पाइने आयोगले सूचनामा जनाएको छ ।

संसदीय समितिले विज्ञापन रद्ध गर्न निर्देशन दिएपछि उत्पन्न अन्यौलका कारण आवेदन दिन आनाकानी गरेकाले अन्तिम समयमा एकैपटक आवेदन दिन खोजेपछि सर्भर नखुल्दा आवेदन दिनै समस्या भएको थियो ।