१ भदौ, एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी भारतीय आर्मीसँग समय विताएर फर्किएका छन् । धोनीले पत्नी साक्षी र छोरी जीवासँग नयाँ दिल्लीमा भेटेका छन् ।

धोनीले विश्वकप सेमिफाइनलमा न्यूजिल्याण्डविरुद्धको खेलमा हार व्यहोरेपछि दुई हप्ताका लागि जम्मूमा भारतीय सेनाको १०६ नम्बर बटालियनमा अभ्यासका लागि गएका थिए । भारतीय स्थल सेनाका मानार्थ कर्नेल धोनीले १५ अगस्टमा ड्युटी सकेका हुन् । धोनी भिक्टर फोर्सको रुपमा कश्मीर उपत्यकामा तैथान थिए । उनले बटालियनमा रहँदा गार्ड र पोष्ट ड्युटीको जिम्मेबारी निर्वाह गरे ।

७३ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा धोनी लद्दाखमा बच्चाहरुसँग क्रिकेट खेलिरहेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।